सदभावना सम्मेलनको समापन

IMG-20240102-WA0172

सिलगढी: मानव उत्थान सेवा समितिद्वारा आयोजित दुई दिवसीय सदभावना सम्मेलन १ जनवरीमा समापन भयो। समापन समारोहलाई  मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपाल महाराज, माता श्री अमृताजी, श्री बिभूजी महाराज र भारत नेपालका विभिन्न प्रान्तहरूबाट आएका आत्मानुभवी सन्त महात्मागणले सम्बोधन गरे।  आफ्ना सम्बोधनमा श्री महाराजजीले सदभावना सम्मेलनले दिएको अध्यात्म र सदभावनाको सन्देशलाई जन जन पुर्याउने आफ्ना भक्तजनलाई आह्वान गरे।  आफ्ना ह्रदयमा धर्म एवम् अध्यात्मको अनुभूति भएपछि मात्र सदभावना कायम हुने भएकोले सबैलाई आत्माज्ञानको क्रियात्मक विधिलाई आत्मानुभवी सन्त महात्माहरुबाट जान्ने आह्वान  गरे।  अध्यात्मलाई जान्नु नै वास्तविक धर्म भएकोले धर्म मान्ने विषय नभएर जान्ने विषय रहेको कुरो श्री महाराजजीले बताए।

सम्मेलनलाई माता श्री अमृता जी, श्री सुयशजी महाराजले पनि  सम्बोधन गरी सबैलाई अध्यात्मिक जागृतिको लागि निवेदन गरे। सदभावना सम्मेलनमा देखिएका केही कमी कमजोरीहरूलाई आउँदो वर्ष सुधार गर्नुपर्ने सुझावहरू श्री महाराजजी र माताजीले दिए। आफ्ना अहम् र नकारात्मक सोचलाई ह्रदयबाट सधैँ हटाएर काम गर्नु पर्ने बताए। समारोहलाई महात्मा चमेली बाईजी, डा.जे.पी.अग्रवालले पनि सम्बोधन गरे। श्री महाराजजी एवं दिव्य परिवारले आफ्ना भक्तजनलाई दिनभरि नै दर्शन पनि दिए। एक वर्षपछि आफ्ना सदगुरुको दर्शन पाएर भक्तजन अति हर्षित देखिन्थे।  आज समापनको दिन पनि मञ्चमा भक्ति  संगीत मञ्चका विशिष्ट कलाकारहरूद्वारा विभिन्न भाषामा भजनसँगै विभिन्न क्षेत्रबाट आएका  बाल सभाका साना साना बालबालिकाहरूको समूहले विभिन्न प्रकारका सांस्कृतिक नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए। प्रसिध्द नाट्य कलाकार सचिन खाती र उनका नाट्य टोलीद्वारा मोबाइलको नकारात्मक प्रभावमाथि सचेतनामूलक नाटकसँगै गत् चार अक्टोबरको दिन टिस्टा नदीमा आएको बाढले ल्याएको विभत्स स्थितिको चित्रण गरिएको नाटक प्रस्तुत गरे।   आज बिहान १० बजेदेखि सम्मेलनकै  विशाल मञ्चमा श्री श्रीयांशजी महाराजको जन्मोत्सव पनि वैदिक विधिविधानअनुसार सम्पन्न भयो। प्रथम दिन झै समापनमा  पनि भक्त समुदायको अपार भीड थियो। सबैलाई आध्यात्मिक मार्गमा अघि बढ्ने प्रेरणा दिँदै श्री महाराजजी एवं दिव्य परिवार आज बाघडुग्रा बिमानस्थल भई दिल्ली प्रस्थान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement