जलपाइगढीः अन्ततः मैनागढी रोड फ्लाईओभरको ट्रायल रन शुरू भएपछि मैनागढीवासीको प्रतिक्षाको घडी सकिएको छ। मैनागढी रोड फ्लाईओभर ट्रायल रनमा खोलियो। फ्लाईओभरका दुई पार्टमध्ये एकतर्फको मात्रै ट्रायल रन शुरू भएको छ । आज हरियो झण्डा देखाएर सवारी आवागमन शुरू गरिएको हो । लामो प्रतिक्षापछि फ्लाईओभर खुलेपछि सवारी चालक र स्थानीयवासी खुसी भएका छन् ।

मैनागढी रोडमा रहेको यो फ्लाईओभरको निर्माण सन् २०१२ मा शुरू भएको थियो । तर जग्गाको समस्याका कारण लामो समयसम्म काम अलपत्र रह्यो । सबै अवरोधका बाबजुद पनि फ्लाईओभरको निर्माण अन्तिम चरणमा पुगेको छ। मंगलबारदेखि फ्लाईओभर परीक्षणका लागि खुला गरिएको हो । यो फ्लाईओभर निर्माणमा करिब ८५ करोड रुपियाँ खर्च भएको छ । मैनागढी रोड क्षेत्रमा बनेको यो फ्लाईओभरको लम्बाइ करिब १.२ किलोमिटर छ । राष्ट्रिय राजमार्ग प्राधिकरणले ट्रायल रन सकिएपछि कमजोरी जाँच गरी फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।









