भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत रहेको नेशनल रिसर्च सेन्टर भवन दार्जीलिङमा आगलागी

IMG-20240102-WA0200.jpg

दार्जिलिङः दार्जिलिङमा रहेको भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत रहेको नेशनल रिसर्च सेन्टर फर आर्किडको भवनमा आज बिहान आगलागी भएको छ। प्राप्त जानकारी अनुसार बिहान लगभग ८:२० तिर दार्जीलिङमा रहेको भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत रहेको नेशनल रिसर्च सेन्टर फर आर्किडको भवनमा अचानक आगो लागेर नष्ट भएको बताइएको छ। उक्त भवनमा आगो लागेको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत रहेको नेशनल रिसर्च सेन्टर फर आर्किडको ईन्चार्चले बिहान लगभग ८:२० बजेतिर भवनको पछिल्तिर रहेको मीटरमा अचानक आगो लागेको देखेपछि हामीले अग्निशमन केन्द्र, पुलिस र विद्युत् विभागलाई जानकारी गराएको बताए।

उनले आगो चपेटमा परेर भवन नष्ट भएको र के कति क्षति भयो अहिले नै केही भन्न नसकिने बताए। उनले यहाँ कृषि सम्बन्धी रिसर्चक काम गरिने र माथिल्लो तलामा राखिएको केही सामानहरू पनि निकाल्न नसकिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement