खारीबारी नयाँ वर्षको पहिलो रात सिलगढी नजिकैको खरीबारीमा एउटा चोरीको घटना भएको छ। सोमबार अबेर राति घरको आलमारी फुटाएर सुन चाँदीका गरगहना, पैसालगायतका कागजपत्र चोरी भएको घटना खरीबारी ब्लकको मोहिपाल जोत क्षेत्रमा भएको हो।
स्मरण रहोस्, पवित्रा सिंहका परिवारका सदस्यहरू सोमबार राति मोहिपाल होल्डिङ क्षेत्रमा पाँचाली गीत सुन्न गएका थिए । तर पवित्रा सिंह घर आएपछि घरको ढोका खुल्लै देखे । घरभित्र पस्दा उनी छक्क परे । घर भित्रको आलमारी खुला थियो । तिनीहरू कराएपछि स्थानीय मानिसहरू पनि भेला भएका थिए । चोरहरूले घरको आलमारी खोलेर २ तोला सुन, १० तोला चाँदीका गरगहना, २० हजार रुपियाँसहित केही कागजपत्र लिएर फरार भएका छन् । मंगलबार घटनाको जानकारी पाएपछि खरीबारी पुलिस घटनास्थल पुगेको थियो । पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरू गरेको छ ।









