गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

413243310_279950688387745_2241335314994766571_n

टीआरआई समाचार  

काठमाडौं: गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ। सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन्। अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ। कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन्। उनी विगत ५ वर्षदेखि अमेरिकामा रहँदै आएका छन्। गीत सार्वजनिक पछि बरुणले भने ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ। आशा छ कुसुम र मेरो रिलको जोडिलाई दर्शकहरूले मन पराउनु हुनेछ। राम्रो मेहनत गरेका छौँ। परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ।’ ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ। साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *