सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले सोरेङ अन्तर्गत लोवर माबोङमा आज इन्डिपेन्डेन्ट फेलोशिप अफ् बाइबल पेन्टिकोस्टल चर्चेस् अफ् सिक्किमको नवनिर्मित भवनको विधिवत उद्घाटन गरे।
चर्च भवन उद्घाटनको अवसरमा सोरेङ जिल्लाका जिल्ला अध्यक्ष तिलादेवी राई, उपाध्यक्ष बीर कामी, जुम सालघारीकी विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, अन्य गणमान्य व्यक्तिहरू र क्षेत्रका जनता पनि उपस्थित थिए।
इन्डिपेन्डेन्ट फेलोशिप अफ् बाइबल पेन्टिकोस्टल चर्चेस् अफ् सिक्किमको स्थापना सोरेङको लोवर माबोङमा वर्ष १९८७ मा भएको बताइएको छ।









