जलपाईगुडीमा शिक्षकले गरे आत्महत्या

IMG-20240102-WA0149.jpg

जलपाईगुडी: मैनागुरीको वार्ड नम्बर १४ सुभाष नगर निवासी शुभब्रत सेनगुप्ता नामका एक व्यक्तिले आत्महत्या गरेका छन्। पेशाले शिक्षक रहेका ४२ वर्षीय भुवब्रतले मंगलबार घरमा तौलियाले फाँसी बनाएर आत्महत्याको प्रयास गरेका थिए। उनलाई देखेपछि परिवारका सदस्यले उनलाई तत्काल मैनागुरी ग्रामीण अस्पताल पुर्याए, जहाँ ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनले किन यस्तो गरे भन्ने परिवारका कोही पनि सदस्यले भन्न सकेका छैनन्। मृतक विद्यालयका शिक्षकका ११ वर्षीय छोरा छन्। घटना मंगलबार बिहान भएको हो। घटनाका कारण क्षेत्र शोकमा डुबेको छ। पुलिसले लास बरामद गरी थानामा ल्याएको छ। स्रोतका अनुसार लाशलाई पोष्टमार्टमका लागि जलपाईगुडी अस्पतालको शवगृहमा पठाइएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *