जापानमा ३०० यात्रु बोकेको विमानमा अवतरण हुनेसाथ आगलागी

Flight

टोकियो: जापानमा शक्तिशाली भूकम्प र सुनामी आएको २४ घण्टा नबित्दै अर्को दुर्घटनाले मानिसहरूलाई स्तब्ध बनाएको छ। मंगलबार जापानको टोकियो हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने विमानमा आगलागी भयो। यो विमानमा तीन सय यात्रु रहेका छन्। विमानको झ्यालबाट आगो निस्किएको देखियो। जापानको सार्वजनिक प्रसारक एनएचके टीभीले पनि घटनाको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा रनवेमा पार्किङ गरिएको विमानको झ्यालबाट आगो निस्किरहेको देखिएको छ। निप्पोन टीभीको रिपोर्टका अनुसार कोस्ट गार्डको विमानसँग सम्भावित टक्करका कारण विमानमा आगो लागेको हो। यद्यपि, अनुसन्धानकर्ताहरूले दुर्घटनाको सबै कोणबाट अनुसन्धान गरिरहेका छन्।

एनएचकेका अनुसार विमानलाई अन्य अर्को विमान सम्भवत जापान तट रक्षक बलको विमानले धक्का दिएको भनाइ छl जापानको तट रक्षकले आफ्नो विमान र विमान बिचको धक्काको रिपोर्टबारेमा अनुसन्धान गरिरहेको बताएको छ। जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होक्काइडोको शिन-चितोसे विमानस्थलबाट उडेको थियो, र यसमा ३०० भन्दा बढी यात्रु सवार थिए। एएफपीले एनएचकेलाई उद्धृत गर्दै सबै ३६७ यात्रुलाई जलेको विमानबाट बाहिर निकालिएको जनाएको छ। उक्त दुर्घटनाका कारण रनवेमा पनि आगो लागेको थियो। यो विमान जापान एयरलाइन्सको रहेको बताइएको छ। जेएएल ५१६ नामक विमान होक्काइडोबाट उडान भरेको पनि बताइएको छ। एनएचकेले पनि आगो निभाउन काम गरिरहेको दमकल देखाएको छ। अहिलेसम्म कुनै चोटपटक लागेको बारेमा भने स्पष्ट हुनसकेको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *