नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६०२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,१५,०८३ पुगेकाे छ। देशमा हालसम्म कोरोनाभाइरस उप-विविध जेएन.१(JN.1) को कुल ५११ मामिला दर्ता भएका छन्। विगत २४ घण्टामा कोरोनाले केरलमा २ अनि कर्नाटक, पञ्जाब र तमिलनाडुमा १-१ जनागरी कुल ५ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,३७१ पुगेको छ। यसरी नै यस अवधिमा ७२२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,७७,२७२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर ४,४४० पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १७,६०५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,७९,४९५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ०० जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,७९,०८१ जनाले यो खोप लगाइसकेको छन्।