मुख्यमन्त्री हरेक १५ दिनमा गुवाहाटी डीसी कार्यालय जाने

6592b723b5b68-himanta-biswa-sarma-015914771-16x9.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भ्रष्टाचार विरूद्ध कडा कारबाही गर्दै अब हरेक १५ दिनको अन्तरालमा गुवाहाटीमा कामरूप (मेट्रो) जिल्ला उपायुक्त कार्यालयको भ्रमण गर्ने घोषणा गरेका छन्।

असमका सबैभन्दा लामो फ्लाइओभरको शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री सरमाले भने, प्रक्रियाहरूमा विसंगतीहरूको जॉंच गर्न हरेक १५ दिनमा डीसी कार्यालयको भ्रमण गर्नेछु। उनले डीसी कार्यालयमा मानिसहरूले धेरै समस्या झेल्नु परिरहेको कुरा आफुलाई ज्ञात रहेको बताए। उनले भने, मानिसहरूले आफ्नो परिजनको दस्तावेज पाइरहेका छैनन्। त्यहॉं दस्तावेजहरूलाई लिएर निकै विसंगती छ। मुख्यमन्त्रीले १५ दिनमा एकपल्ट डीसी कार्यालयको भ्रमण गरेर कार्यालयमा व्याप्त भ्रष्टाचारलाई निर्मूल पार्न सबै कुराहरू व्यवस्थित गर्ने बताए।

मुख्यमन्त्री सरमाले भ्रष्टाचार विरूद्ध निकै कडा कदम उठाएका छन्। वर्तमान सरकारको कार्यकालमा धेरै भ्रष्ट अधिकारीहरूलाई पक्राउ गरिएको छ। राजस्व मण्डल कार्यालयमा जमीन दलाल विरूद्ध पनि कारबाही गरिएको छ। हालैमा कुख्यात एपीएससी विरूद्ध पनि क्याश फर् जब भ्रष्टाचारको सम्बन्धमा कडा कारबाही गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement