बक्सा टाइगर रिजर्वमा रोयल बंगाल टाइगर

IMG-20240101-WA0354.jpg

अलिपुरद्वार: बक्सा टाइगर रिजर्वमा रोयल बंगाल टाइगर फेरि देखियो। अलिपुरद्वार जिल्लाको बक्सा टाइगर रिजर्भ (बीटीआर) मा रहेको वन विभागको ट्र्याप क्यामेरामा रोयल बेङ्गाल टाइगरको तस्वीर फेरि कैद भएको छ। बक्सा टाइगर प्रोजेक्टका अधिकारीहरूले फोटोसहित यो जानकारी दिएका छन्। वनमा फेरि बाघ देखेपछि बक्सा वन विभागका वनकर्मी र कर्मचारी खुसी भएका छन्। केही दिन अघि बक्सा टाइगर प्रोजेक्टको जंगलमा रोयल बेङ्गाल टाइगरको तस्बिर खिचिएको थियो। फेरी एक पटक वनमा रोयल बेङ्गाल टाइगर रहेको प्रमाण फेला परेपछि वनकर्मी तथा वातावरण प्रेमीमा खुसीको माहोल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement