सिलगढी: स्कुलको मिड डे मील घरको ताला भत्काएर ग्यास सिलेन्डर र वाटर पम्प चोरी गरेको आरोपमा प्रधान नगर थाना पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनीहरुलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा शम्भु विश्वास (२९) र विकास बर्मन (२०) सामेल छन्। ती दुवै समर नगर इलाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत २२ दिसम्बर राति बदमाशहरूले चम्पासारीको एउटा सरकारी स्कुलको मिड डे मील घरको ताला भत्काएर चोरी गरेको थियो। घटनापछि स्कुल प्रबन्धनले घटनाबारे प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारम जाँचमा जुटेका पुलिसले गत राति समर नगर इलाकाबाट शम्भु विश्वास र विकास बर्मन नाम गरेको दुईजना युवकलाई घरबाटै पक्राउ गर्नको साथै चोरी गरेको ग्यास सिलेन्डर र वाटर पम्प पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।










