अखिल भारतीय तृणमूल कांग्रेसको २७औं स्थापना दिवसको कार्यक्रम

IMG-20240101-WA0344.jpg

सिलगढी: आज अखिल भारतीय तृणमूल कांग्रेसको २७औं स्थापना दिवस हो। यस अवसरमा पार्टीले राज्यभर कार्यक्रम आयोजना गर्दैछ। यसै अन्तर्गत आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको कार्यालयमा अध्यक्ष पपिया घोषले पार्टीको झण्डा फहराए। यसका साथसाथै सिलगढीका विभिन्न वार्डमा रहेको तृणमूल कांग्रेसको कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। अर्कोतर्फ, तृणमूल कांग्रेस मजदुर युनियन आइएनटिटियुसी को बागडोगरा इकाईले पनि कार्यक्रम आयोजना गरेको थियो। जहाँ मेयर गौतम देवले पार्टीको झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement