जलपाईगुडी: सोमबार, वर्षको पहिलो दिन, जलपाईगुडी, सिलगढी, डुअर्स सहित सम्पूर्ण उत्तर बंगाल बाक्लो कुहिरोले ढाकेको थियो। सामान्य तापक्रमको बीचमा एकाएक शीतलहर बढेपछि तापक्रममा उल्लेख्य गिरावट आएको छ। कुहिरोका कारण भिजिबिलिटी निकै कम छ, जसका कारण उत्तर बङ्गाल चिसो र बाक्लो कुहिरोको चपेटामा परेको छ। बढ्दो चिसोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ भने हुस्सेका कारण सवारी आवागमन प्रभावित हुन थालेको छ। बत्ती बालेर सवारीसाधन बिस्तारै गुडिरहेका छन्।










