सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव धर्मका प्रणेता श्री सतपाल महाराजका साथमा मनाए नयाँ वर्ष

IMG-20240101-WA0428

सिलगढी:  नयाँ वर्षको पूर्वसन्ध्यामा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव धर्मका प्रणेता सतपाल महाराजको सानिध्यमा सिलगढीमा आयोजित सद्भावना सम्मेलनमा सहभागिता जनाउँदै नयाँ वर्ष मनाए। मुख्यमन्त्री प्रेमसिंह तामाङ मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्रद्वारा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनको प्रथम दिन मुख्यअतिथिका रूपमा उपस्थित भएका थिए। यसअघि आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले मानव उत्थान सेवा समितिको निम्ति सिक्किमको पाकिम जिल्ला अर्न्तर्गत नामचेबुङमा सिक्किम सरकारको पहलमा ‘मानव धर्म आश्रम’ निर्माण भइरहेको जानकारी दिएl आउँदो तीन महिनामा पूरा गरेर सतपाल महाराजको बाहुलीबाट उद्घाटन गराउने उनले आश्वासन दिए। 

सद्भावना सम्मेलनमा आएर मानव धर्मका प्रणेता सतपाल महाराजको सान्निध्यमा नयाँ वर्ष मनाउँदा आफुलाई दिव्यताको अनुभव भएको मुख्यमन्त्रीले बताए। मुख्यमन्त्रीले आफ्नो विचार व्यक्त गर्दै सम्मेलनले दिएको शिक्षा, ज्ञान अनि आध्यात्मिक आभाले सिक्किम राज्य, सम्पूर्ण उत्तरपूर्वाञ्चल क्षेत्र अनि देशमा प्रेम, भाईचारा, आपसी सुझबुझ, मित्रता अनि सद्भावनाद्वारा सम्पूर्ण मानव समाजलाई एकसूत्रमा बाँध्न र एउटै मञ्चमा ल्याउन सफल भएको बताए। 

मुख्यमन्त्रीले विभिन्न समुदायका बीच प्रेम, भाईचारा, सद्भाव, एकता अनि आध्यात्मिकतालाई प्रोत्साहित गरेकोमा मानव उत्थान समितिलाई आभार व्यक्त गरे।  आफ्नो सम्बोधन राख्ने क्रममा सतपाल महाराजले साढे ५ सय वर्षको संघर्ष पश्चात अयोध्यामा भगवान रामको मन्दिर स्थापित हुनगइरहेको र आउँदो २२ जनवरीको दिन प्राणप्रतिष्ठा सम्पन्न हुने बताए। श्री रामको व्यक्तित्व विशाल गाथाको विषय रहेको उल्लेख गर्दै भारतदेखि लिएर दक्षिणपूर्वी देशहरूमा रामको गाथाको विशेष महत्व रहेको महाराजले बताए। समाजको अति शोषित, अवहेलित अनि पछौटे समाज र अन्तिम छोरमा रहेका मानवलाई विकासको मुलधारामा ल्याउनु वा उनीहरुलाई उद्धार गर्नु नै श्री रामलाई आफ्नो जीवनमा प्रकट गर्नु रहेको श्र सतपाल महाराजले आफ्नो सम्बोधनमा बताएl अध्यात्म ज्ञानले मानवमा मानव सेवाको भावनालाई जागृत गराउँदछ भन्दै सम्बोधनको क्रममा महाराजले अध्यात्मको ज्ञान आर्जन गर्न समयका सद्गुरुको शरणमा जानपर्छ भनी बताए। 

सद्भावना सम्मेलनको यो अवसरमा अध्यात्म ज्ञानको प्रचारप्रसारमा मानव उत्थान समितिलाई सहयोग प्रदान गरेको मुख्यमन्त्री प्रेमसिंह तामाङलाई महाराजको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनायो। मुख्यमन्त्री तामाङको साथमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्री सञ्जित खरेल, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बा आदिको पनि उपस्थिति थियो। मानव उत्थान सेवा समितिको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अभिनन्दन जनाए। यस अवसरमा श्री महाराजजीको करकमलबाट उनलाई अभिनन्दन पत्र प्रदान गरेका थिए। उक्त अभिनन्दन पत्रलाई समितिको पक्षमा प्रचार-प्रसार सचिव मेघनाथ छेत्रीले पठन गरेका थिए।  सम्मेलनलाई विभु महाराज, माता अमृताजी, उपस्थित सन्तमहात्माहरुले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement