टाशीडिङका सीएलसी सदस्य र पूर्व पञ्चायतहरूलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20230410-WA0169-11-300x172-1

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत एसकेएम सीएलसीका सदस्यहरू र पूर्व पञ्चायतहरूलाई लिएर क्षेत्र विधायक तथा सिक्किम विधानसभाका उपाध्याक्ष साङ्गे लेप्चाको निवासमा एक समन्वय सभा सम्पन्न भयो। उक्त सभा विधायक साङगे लेप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो।

सभालाई सम्बोधन गर्दै विधायक लेप्चाले योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा वर्तमान सरकारले धेरै विकासका कामहरू गरेको बताए। एसकेएम पार्टी सरकारमा आएपछि यस निर्वाचन क्षेत्रले विभिन्न उपलब्धिहरू हासिल गरेको उनले अवगत गराए। विशेष गरी यस निर्वाचन क्षेत्रमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकास भएको बताए।

उनले थप जानकारी गराए अनुसार, यसरी नै यहाँको सडक व्यवस्था पनि पहिलाको तुलनामा धेरै सुधार भएको छ। यहाँ जति पनि थाँतीमा रहेका कामहरू मुख्यमन्त्री प्रेमसिंह तामाङले शीघ्र पूर्ण गर्ने आश्वासन दिएको सभालाई जानकारी गराए। यस निर्वाचन क्षेत्रको निम्ति धेरै सहुलियतहरू आउने भएकोले सही लाभार्थीहरूको छनौट गर्नुपर्ने उनले सीएलसीका सदस्यहरूलाई सुझाउ दिए।

आगामी २०२४ को आम चुनाउलाई ध्यानमा राखेर यसै महिनादेखि विभिन्न वार्डमा कार्यक्रमहरू आयोजना गर्नुपर्ने विधायकले निर्देशन दिएका छन्। पार्टीका सम्पूर्ण कार्यकर्ताहरू कुनै प्रकारको मन मुटाव नराखी एक भएर आगामी चुनाउमा एसकेएम पार्टीलाई जिताउनु पर्ने उनले आग्रह गरे।

यसै क्रममा जिल्ला अध्यक्ष डीएस लिम्बूले एसकेएम पार्टीले यस निर्वाचन क्षेत्रमा छोटो अवधिमा धेरै विकासका कामहरू गरेको बताए। आगामी २०२४ को आम चुनाउलाई ध्यानमा राख्दै पार्टीका कार्यकर्ताहरूले टीम वर्क भएर काम गर्नुपर्ने अपील गरे। यदि उक्त चुनाउमा योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका उम्मेदवार पराजित भएको खण्डमा धेरै समस्या भोग्नुपर्ने उनले सम्भावना व्यक्त गरे। उक्त सभालाई सीएलसी अध्यक्ष बसन्त तामाङ, मोहन ठटाल र अम्बरसिंह गुरूङले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement