खरसाङ: खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले नयाँ वर्षको अवसरमा आफ्नो क्षेत्रमा पर्ने विभिन्न गाउँहरूको भ्रमण गरी ठूला बढ़ा र बुध्दीजीविहरूबाट आशिर्वाद ग्रहण गरेका थिए। उनले चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत आफ्नो क्षेत्र नर्थ शिवखोलाको चित्रे बस्ती, तीन माइल र एमएसके रोड र अन्य गाउँहरूको भ्रमण गरेर वरिष्ठ नागरिकहरू र बुध्दीजीविहरूलाई भेटघाट गरी खदार्पण गरेर सम्मान जनाउँदै उनीहरूबाट आशिर्वाद पनि लिएका छन्।

पञ्चायत सदस्य दिपेस थापाले सबैलाई घर घरमा नै भेट गरेर नयाँ वर्ष २०२४ को शुभकामना साथै सबैबाट आशिर्वाद लिएर नयाँ वर्षमा सबै जनताको लागि असल र सही काम गर्ने अनि जनताको सेवा गर्नलाई आशिर्वाद ग्रहण गरेका छन्। उक्त कार्यपछि पञ्चायत सदस्य दिपेस थापाले विस्तृत रूपमा बताएका छन्।









