डा. शंकर प्रसाद शाह टेक्नोलोजिकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

IMG-20240101-WA0438.jpg

खरसाङ: खरसाङ कलेजका सहायक प्राध्यापक डा शंकरप्रसाद शाह टेक्नोलोजिकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएका छन्। डा. शंकर प्रसाद शाहले खाद्य विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको प्रशंसनीय योगदानका लागि प्राविधिक आविष्कार पुरस्कार २०२३ बाट सम्मानित भएका छन्। राम मनोहल लोहिया अवध विश्वविद्यालय, अयोध्यामा गत २९-३० दिसम्म्बर २०२३ मा अनलाइन मोडमा आयोजित पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन (5th ICES-2023) ‘एनभैराेमेंट एंड साेसाइटी’ नामक पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो। उनी यस श्रेणीमा परिचित पश्चिम बंगालबाट एक्लै उम्मेदवार रहेका थिए। उत्कृष्ट अनुसन्धान कार्यको लागि डा. प्रसादलाई खमीर केकको विकासका लागि यो पुरस्कार प्रदान गरिएको हो। हालैमा उनले राइस केक प्रोबायोटिक खमीर केक विकास गरेका छन्, जुन स्वास्थ्यका साथै अर्थतन्त्रको उत्पादन र उत्तर बंगालका आदिवासी जनजाति समुदायको दिगो जीवन यापनका लागि फाइदाजनक छ। यो अन्तर्राष्ट्रिय सम्मेलन डा. राम मनोहर लोहिया अवध विश्वविद्यालय (युपी) र अमेरिकी विश्वविद्यालय, संयुक्त राज्य अमेरिका र ग्लोबल एन्वायरमेन्ट एन्ड सोशल एसोसिएसन (GESA), नयाँ दिल्ली र वातावरण, वन र जलवायु परिवर्तन विभाग, यूपी सरकारको सहयोगमा आयोजना गरिएको थियो। यस अन्तर्राष्ट्रिय सम्मेलनमा प्रोफेसर मधु कृष्ण, प्रमुख रेक्टर, अमेरिकन युनिभर्सिटी, अमेरिका र प्रोफेसर प्रतिभा गोयल, उप कुलपति, डा. राम मनोहर लोहिया अवध विश्वविद्यालय, यूपीको उपस्थिति थियो। यस अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक प्राध्यापक सुनिता आर्य र प्राध्यापक एएन शुक्ला थिए। प्रोफेसर एके वर्मा र प्रोफेसर एचएस सिंह यस अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख अतिथि थिए। यस अन्तर्राष्ट्रिय सम्मेलनमा ३५० भन्दा बढी अनुसन्धान विद्वानहरूले भाग लिएका छन्। खरसाङ कलेजका डा. शंकर प्रसादले माइक्रोबायोलोजी, विभिन्न किण्वित खानेकुरा र कार्यात्मक खानाको स्वास्थ्य विशेषताहरूमा काम गरिरहेका छन्। उत्तर बंगालका किण्वित खाने कुराहरूमा काम गर्नका लागि उनलाई भारत सरकारद्वारा एउटा प्रमुख अनुसन्धान परियोजना दिइएको छ।

डा. शंकरले २५ भन्दा बढी अन्तर्राष्ट्रिय जर्नलहरू, खाद्य र कृषि सूक्ष्म जीव विज्ञानमा ६ पुस्तकहरू प्रकाशित गरेका छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो शोधकार्य प्रस्तुत गरेका छन्। खरसाङ कलेजका सहायक प्राध्यापक डा. शंकरप्रसाद शाहले आफ्नोमा सफलतामा खरसाङ कलेजको प्राचार्य डा. समीर बल, उत्तर बंगाल विश्वविद्यालयको बोटानी विभागको प्रोफेसर डा. अर्नब सेन, उत्तर बंगाल विश्वविद्यालयकै खाद्य अनि टोक्नोलजी विभागकी डा. कृति घतानी साथै आफ्ने परिवारलाई पनि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement