नारायण सेवा संस्था द्वारा दिव्याङ्गहरुलाई कृतिम हातखुट्टा प्रदान

कालचिनी: नारायण सेवा संस्थानको पहल र मारवाड़ी युवा मञ्चको संयुक्त आयोजनामा आज जयगाउँ स्थित तेरापन्थ भवनमा कालचिनी खण्डको ५५ जना दिव्याङ्गहरुसाई कृतिम हात र खुट्टाहरु प्रदान गरिएको जानकारी कालचिनी खण्ड दिव्याङ्ग संघको पक्षबाट लभ कुमार भुजेलले दिएका छन।
आज यस अवसरमा कालचिनी खण्ड दिव्याङ्ग संघको तत्परतामा बोलाईएको ५५ जना दिव्याङ्गहरुसाई उक्त कृतिम हात र खुट्टाहरु फिट गराएको थियो भने सो अवसरमा नारायण सेवा संस्थानको हरि प्रसाद जग्गा लगायत जयगाउँ मारवाड़ी युवा मञ्चको सभापति मनोज घटानी, मायुम पश्चिम बङ्गाल उपाध्याक्ष जयन्त मुद्रा एवम् एसएसबीको जयगाउँ निरीक्षक आदिको उपस्थिति रहेको थियो। दिव्याङ्गहरुको निम्ति नारायण सेवा संस्थान र मारवाड़ी युवा मञ्चले जुन परोपकार गरेका छन त्यसलाई आभार व्यक्त गरेर नसक्ने र हात र खुट्टा नचल्ने दिव्याङ्गहरुलाई यो कृतिम अंगले जीवन प्रदान गर्ने कालचिनी खण्ड दिव्याङ्ग संघको पक्षबाट लभ कुमार भुजेलले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement