कोलकाताः वर्ष २०२४ जुन प्रकारले पूरा देशको निम्ति खास हुन गइरहेछ, उसैगरी पश्चिम बंगालको निम्ति पनि धेरै खास छ। यस सालको शुरूआतमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका नेताहरूमा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीलाई लिएर मतभेद शुरू भएको छ। खास कुरा के छ भने ०१ जनवरी तृणमूल कांग्रेसको स्थापना दिवस पनि हो।
यस अवसरमा सम्बोधन गर्दै पार्टीका राज्य अध्यक्ष सुब्रत बख्शीले भने, अभिषेक पार्टीका राष्ट्रिय महासचिव हुन्। उनी लड़ाईको मैदानबाट पछि हट्ने छैनन्, म आशावान् छु। यदि उनले लड़े ममता ब्यानर्जीलाई अगाड़ी राखेर नै लड्नेछन्। उनको यस बयानलाई लिएर मतभेद शुरू भएको छ।
यद्यपि, उनले एक प्रकारले अभिषेकको पक्षमै कुरा गरे तर पार्टी प्रवक्ता र अभिषेक ब्यानर्जीका खास मानिने कुणाल घोषले यसमा प्रश्न चिह्न खड़ा गर्दै भने, अभिषेकलाई लिएर सुब्रत बख्शीको बयान आपत्तिजनक छ। उनले यस प्रकार बोल्नु हुन्थेन। के बोल्नुछ, यो सोचेर सम्झेर नै बोल्नुपर्छ।
-हिस










