गुवाहाटीः वर्ष २०२३ मा असममा सतर्कता र भ्रष्टाचार निरोधक निदेशालयले भ्रष्टाचारका मामिलाहरूमा लिप्त १०३ सरकारी कर्मचरीहरूलाई रेड ह्याण्डेड समाइयो। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज लोकसेवा भवनमा मीडियालाई सम्बोधित गर्दै भने, २०२३ मा सतर्कता र भ्रष्टाचार निरोधक निदेशालयले १०३ सरकारी अधिकारीहरूलाई दोषी ठहर गर्दै रेड ह्याण्डेड समायो। पक्रा परेका व्यक्तिहरूको आवासबाट ४.३३ करोड़ रूपियाँ पनि जफत गरियो। यस मामिलामा असमको धुबड़ी जिल्लामा दुई सरकारी अधिकारीहरूलाई पक्राउ गरिएको थियो।
एक शिकायत दर्ता भएपछि पक्रा पर्नेहरूमा असम सिविल सेवा (एसीएस) का एक अधिकारी पनि सामेल थिए, जसमा धुबड़ी जिलला परिषदका सीईओले एक ठेकेदारबाट घूस मागेको आरोप थियो।









