प्रभात खबरका प्रधान सम्पादकलाई धम्की, एनयूजेआईले सरकारसित कठोर कारबाहीको माग

00-1-Rashtriya-Samachar-3

नयाँ दिल्लीः नेशनल यूनियन अफ जर्नलिस्ट्स (इण्डिया)- का अध्यक्ष रास बिहारीले हिन्दी दैनिक प्रभात खबरका प्रधान सम्पादक आशुतोष चतुर्वेदीलाई मादक पदार्थ माफियाद्वारा दिइएको धम्कीप्रति गहिरो चिन्ता व्यक्त गर्दै कठोर कारबाही गर्ने माग गरेका छन्। उनको भनाइ छ, राँचीको होटवार जेलबाट फोन गरेर प्रमुख हिन्दी दैनिकका प्रधान सम्पादकलाई धम्की दिएकोमा झारखण्ड सरकारमाथि पनि प्रश्न उठ्छ। यस मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, झारखण्डका राज्यपाल अनि मुख्यमन्त्रीलाई पत्र पठाएर धम्की दिनेविरूद्ध कठोर कारबाही गर्ने माग गरिएको छ। यस मामिलालाई भारतीय प्रेस परिषदमा पनि उठाइनेछ।

एनयूजेआईका राष्ट्रिय अध्यक्ष रास बिहारीले यस सम्पूर्ण घटनामाथि चिन्ता व्यक्त गर्दै भने, जेलको फोन नम्बरबाट धम्की दिनाले सोझो रूपमै राज्य सरकारको कार्यशैलीमाथि गहिरो प्रश्न उठ्छ। उनेल भने, सरकारी संरक्षणको कारणले अपराधी तथा माफियाहरूको मनोबल बढ़ेको छ।

उनले बताए, २९ दिसम्बर, २०२३-मा प्रभात खबरका मुख्य सम्पादक आशुतोष चतुर्वेदीलाई योगेन्द्र तिवारी नामक एकजना माफियाले धम्की दिइयो। फोन कल गर्नेको बारेमा जाँचबुझ गर्दा नानाथरीको तथ्य अघि आयो। माफियाद्वारा वरिष्ठ पत्रकारलाई धम्की दिनको लागि प्रयोग गरिएका नम्बरहरू- ०६१२-२९११८०७, २९११८०५, २९११८०६, २२७००२-को तार राँचीस्थित बिरसा मुण्डा जेलसित जोड़िएको पाइयो। जेलबाट धम्की दिएको जानकारी डीजीपी झारखण्ड, गृह सचिव, झारखण्ड सरकार अनि वरिष्ठ पुलिस अधिकारीहरूलाई दिइयो।

एनयूजेआईका अध्यक्ष रास बिहारीले भने, यस पूर्ण घटनाको घोर निन्दा गर्नुपर्छ। यस प्रकारको घटना अत्यन्त खतरनाक प्रवृत्ति हो जुन सोझो रूपमा लोकतन्त्रको चौथो स्तम्भमाथि प्रहार हो। लोकतान्त्रिक ढङ्गमा काम गर्ने पत्रकारहरूको आवाजलाई धम्कीको माध्यमबाट रोक्ने प्रयासलाई कुनै पनि अवस्थामा स्वीकार्य छैन। अपराधीहरूविरूद्ध कठोर कारबाही नभए राज्यमा आन्दोलन गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement