हुगलीः लोकसभा चुनाउअघि हुगलीको फुरफुरा हाई मदरसा चुनाउमा तृणमूल कांग्रेसलाई ठूलो झटका लागेको छ। आइतवार भएको चुनाउमा सीपीएम- आईएसएफ गठबन्धनले तृणमूल कांग्रेसलाई छह शून्यले पराजित गऱ्यो। जितपछि स्थानीय वामपन्थी र आईएसएफ कार्यकर्ताहरूमा खुशीको लहर छ।
मदरसाको प्रबन्धन समिति गठन गर्नुको निम्ति भएको यस चुनाउमा ५५० अभिभावकहरूमध्ये ३२२ अभिभावकले मतदान प्रक्रियामा भाग लिए। तृणमूल विरूद्ध सीपीएम आईएसएफले साथ मिलेर चुनाउ लड़े। सबै छह सीटमा तृणमूललाई पराजय झेल्न पऱ्यो। आइतवार साझँ भोटहरूको गणना समाप्त भएपछि सीपीएम आईएसएफ समर्थकहरू खुशीले नाँचे। लेफ्ट आईएसएफले आरोप लगायो, पञ्चायत चुनाउमा धांधली गरी तृणमूलले फुरफुरामा कब्जा गरेको छ। सीपीएम फुरफुरा एरिया कमिटीको सदस्य शम्सुल अरिफीले भने, सत्ताधारी दलले बलपूर्वक पञ्चायतमा कब्जा गऱ्यो। फुरफुराका जनताले के चाहन्छ, उनीहरूले आज मदरसा चुनाउमा प्रमाणित गरेका छन्।
-हिस










