२५ जुलाईः बन्दाखेती स्पोर्टिंग क्लब (बीएससी)-को तत्त्वावधानमा आयोजित देवकुमारी खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार खेलिएको म्याचमा केकेएफसी नेपालले सजिलै जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा केकेएफसी-ले फुलबारी एफसीलाई ५-१-ले पराजित गऱ्यो। यसअघि आइतवार भएको टुर्नामेण्टको उद्घाटन म्याचमा जीटीसी आर्मी वाराणसीले एसएसएफसी सालबारीलाई ४-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।