नयाँ दिल्लीः साल २०२४ मा जारी हुन गइरहेको सवरेन गोल्ड बन्ड स्कीमको मितिको घोषणा गरियो। यस साल फरवरीमा निवेशकहरूले पहिलो पल्ट सवरेन गोल्ड बन्डमा निवेश गर्ने अवसर पाउनेछन्। २०२३-२४ को आगामी सीरीज १२ फरवरीदेखि शुरू हुनेछ र १६ फरवरीसम्म यसमा निवेश गर्न सकिनेछ। सवरेन गोल्ड बन्ड स्कीम अन्तर्गत ब्याङ्कहरूका साथै क्लीयरिङ कोर्पोरेशन अफ इण्डिया लिमिटेड (सीसीआईएल) र स्टक होल्डिङ कोरपोरेशन अफ इण्डिया लिमिटेड (एसएचएसीआईएल) को माध्यमले सवरेन गोल्ड बन्डमा निवेश गर्न सकिन्छ। यसका साथै बीएसई र एनएसईको माध्यमले पनि सवरेन गोल्ड बन्डमा निवेश गर्ने सुविधा दिइएको छ। सवरेन गोल्ड बन्ड एक सरकारी बन्ड हो। यो बन्ड एक ग्राम सुनको हुन्छ। यस बन्डको दर एक ग्राम सुनको बराबर हुन्छ। सवरेन गोल्ड बन्डमा तपाईले २४ क्यारेट अर्थात् ९९.९ प्रतिशत शुद्ध सुनमा निवेश गर्नसक्छन्। यसलाई आरबीआईको तर्फबाट जारी गरिन्छ। एसजीबीमा निवेश गर्दा सालाना २.५० प्रतिशतको ब्याज पाइन्छ। पैसाको खाँचो परे बन्डको बदली लोन पनि लिन सकिन्छ।
यस बन्डको निम्ति अनलाइन आवेदन गर्ने र डिजिटल माध्यमले भुकतान गर्ने निवेशकहरूलाई अंकित मूल्यभन्दा ५० रूपियाँ प्रति ग्रामको छूट प्राप्त हुन्छ। एसजीबीको मेच्योरिटी पीरियड आठ वर्षको हुन्छ। मेच्योरिटी पूरा भएपछि यसबाट हुने लाभमा कुनै ट्याक्स लाग्दैन। यदि तपाईले पाँच वर्षपछि आफ्नो पैसा निकाले, यसबाट हुने लाभमा २०.८० प्रतिशतको ट्याक्स लाग्छ। एसजीबीलाई तपाईले अनुसूचित वाणिज्यिक ब्याङ्कहरू (स्मल फाइनेन्स ब्याङ्कहरू, पेमेन्ट ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरूलाई छोड़ेर), स्टक होल्डिङ कोरपोरेशन अफ इण्डिया लिमिटेड (एसएचसीआईएल), नामित डाकघरहरू र स्टक एक्सचेञ्जहरू-नेशनल स्टक एक्सचेञ्ज इण्डिया लिमिटेड (एनएसई) र बम्बे स्टक एक्सचेञ्ज लिमिटेड (बीएसई) को माध्यमले किन्न सकिन्छ।
यस बन्डमा निवेश गर्ने अधिकतम सीमा व्यक्तिहरूका लागि चार किलो, एचयूएफ (हिन्दू अविभाजित परिवार) को निम्ति चार किलो र न्यासहरू तथा समान संस्थाहरूका लागि २० किलो निर्धारित छ। यसपछि एसजीबीको चौथी सीरीज १२-१६ फरवरीमा जारी गरिनेछ। उल्लेख्य, भारत सरकारले एसजीबीलाई नोभेम्बर २०१५ मा लाञ्च गरेको थियो। एसजीबीको उद्देश्य भौतिक सुनको मागलाई कम गर्नु र बचतलाई प्रोत्साहन दिनु हो। २०२३ को अन्तमै सवरेन गोल्ड बन्डको पहिलो स्कीमको मेच्योरिटी भएको थियो, जसमा निवेशकहरूलाई लगभग ढाई गुणाभन्दा देरैको लाभ भएको थियो।
-हिस









