नयाँ दिल्लीः आतङ्कवादविरूद्ध कारबाहीमा राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लगभग सय प्रतिशत कारबाही गर्नमा सफल भएको छ। एजेन्सीबाट प्राप्त आँकड़ा अनुसार एनआईएले वर्ष २०२३-मा ९४.७० प्रतिशत दोष सिद्धि दर दर्ता गऱ्यो अनि ५६ करोड़ रुपियाँको सम्पत्ति कुर्की गऱ्यो। यस अवधि ६२५ मानिसहरूलाई पक्राउ गरियो। आईएसआईएस मामिलामा अहिलेसम्ममा एनआईएले ६५ आरोपी, जिहादी आतङ्कवादी मामिलामा ११४ , मानव तस्करी मामिलामा ४५, आतङ्कवादी तथा सङ्गठित आपराधिक गतिविधिका २८ आरोपी तथा वमपन्थी उग्रवाद (एलडब्ल्यूई) मामिलाका ७६ आरोपीहरूलाई पक्राउ गऱ्यो। आतङ्कवाद रोधी एजेन्सीले वर्ष २०२३- मा ६८ मामिला दर्ता गऱ्यो। वर्ष २०२३ अवधि दोषी ठहराइएका ७४ आरोपीहरूलाई सजायको रूपमा ‘कठोर कारावास’ र ‘जरीमाना’-को सजाय सुनाइयो। एनआईए वर्ष २०२३-मा ४७ आरोपीहरूको बारेमा पत्तो लगाउन अनि उनीहरूलाई पक्राउ गर्न सफल रह्यो।
एनआईएले अमृतपाल सिंह उपनाम अम्मी, अमरिक सिंह, मनप्रित सिंह तथा मनदिप सिंहलाई फिलीपिन्सबाट निर्वासित गरेको थियो। विक्रम बरारलाई संयुक्त अरब अमीरात (यूएई)-बाट निर्वासनपछि पक्राउ गरिएको थियो। निर्वासन औ प्रत्यर्पणमाथि गरिएको पक्राउले आफ्नो अन्तरराष्ट्रिय सीमा पारी अपराधीहरूलाई पछ्याउने सम्बन्धमा एनआईएको प्रतिबद्धतालाई दर्शाउँछ।
-हिस









