कल्पतरू उत्सवमा काशीपुर उदयन बाटीमा भक्तहरूको समागम

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः नववर्षको शुरूआतको साथै पश्चिम बंगालमा व्यापक रूपमा मनाइने क्लपतरू उत्सवको निम्ति भीड़ रामकृष्ण मिशनसित सम्बन्धित संस्थानहरूमा मानिसहरूको भारी जुट्न थालेको छ। खासगरी काशीपुरको उदयन बाटीमा जहाँ स्वामी रामाकृष्ण परमहंसले अन्तिम सास लिएका थिए, त्यहाँ देश-विदेशबाट हजारौं भक्तहरू पुगेका छन्। यस बाहेक बेलूर मठ, गोलपार्क रामकृष्ण मिशन, दक्षिणेश्वर काली मन्दिर समेत अन्य मठहरूमा भक्तहरूको भारी भीड़ जुटेको छ।

किम्बदन्ती अनुसार, महान सन्त श्री रामकृष्ण परमहंस आफ्नो जीवनको अन्तिम दिनमा धेरै नै अस्वस्थ भएका थिए र काशीपुरको उद्यानबाटीमै बस्थे। यसबीच ०१ जनवरी १८८६ मा उनको शिष्य गिरीश घोष, सुरेन्द्रनाथ, राम चन्द्र दास सहित अन्य धेरैले देखे कि रामकृष्ण परमहंस अचानक दोस्रो तल्लादेखि आंगनमा आएर उनीहरूतिर बढ़िरहेका थिए। अति बिरामी भएपनि जब उनीहरूले गुरूलाई यस प्रकार आफूतिर आएको देखेर उनीहरू धेरै नै खुशी भएका थिए। रामकृष्ण परमहंस उनीहरूबीच आए र सबैलाई स्पर्श गरे औं सबैलाई आशीष पनि दिए।

भक्तहरूको दाबी थियो, त्यस दिन उनको अनुहारमा भगवानको रूप देखेका थिए। रामकृष्ण परमहंस नै आफ्नो समयको भगवत पुरूष थिए। यसलाई लिएर शिष्यहरूको सन्देहलाई त्यस दिन उनले हटाएका थिए। यसपछि आँपको रूख नजिक बसे औं सबैलाई आशीर्वाद दिँदै भनेका थिए, तपाई सबैको जीवनमा सत्यता आओस्। आफ्नो गुरूमा ईश्वको दर्शन गर्ने भक्तहरूको लामो समयदेखि इच्छा थियो र त्यस दिन आँपको रूखमुनि बसेर स्वामी रामकृष्ण परमहंसले सबैको इच्छा पूरा पनि गरे यसैले त्यस दिनदेखि भक्तहरूले कल्पतरू उत्सव मनाउनु शुरू गरेका थिए।

तबदेखि लिएर आजसम्म यो उत्सव मनाइन्छ। बेलूर मठ, गोलपार्क रामकृष्ण मिशन एवं दक्षिणेश्वर काली मन्दिर यी तीन ठाउँ बाहेक राज्यभरिमा स्थित रामकृष्ण परमहंस, स्वामी विवेकानन्द र माँ शारदासित जोड़िएका तीर्थमा यस उत्सवको आयोजन गरिन्छ। यहाँ भारी संख्यामा पुगेका श्रद्धालुहरूले पूजा पाठ गरी मनोकामना पूर्तिको आकांक्षा गर्छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement