मणिपुरमा भारी मात्रामा हतियार र गोला-बारूद जफत

00-1-Rashtriya-Samachar-3

इम्फालः सुरक्षा बलहरूद्वारा मणिपुरको अशान्त जिल्लाहरूमा अवैध आग्नेयास्त्रहरू विरूद्ध अभियान चलाइँदैछ। विशेष रूपमा सुरक्षा बलले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, टेङनोपाल र बिष्णुपुर जिल्लाहरूमा विभिन्न स्थानहरूमा अभियान चलायो।

असम राइफल्स र मणिपुर पुलिसले बिष्णुपुर जिल्लाहरूका विभिन्न स्थानहरूमा छापामारी गऱ्यो र भारी मात्रामा हतियार र गोला-बारूद जफत गऱ्यो। अभियानमा सुरक्षाबलहरूले एक एम १६ राइफल, एक एम १६ राइफल म्याग्जीन, ५.५६ मिमीको आठ जिउँदो गोली, म्याग्जीनको साथ एक स्वदेशी ९ एमएम पिस्तौल, ११ ह्याण्ड ग्रेनेड, ९ ट्यूब लाञ्चर सहित भारी मात्रामा गोला-बारूद जफत गऱ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement