पुरूलियाः पुरूलिया बांकुड़ा राष्ट्रिय राजमार्गमा पुरूलिया शहरको राघवपुर मोड़मा आइतवार राति भएको सड़क दुर्घटनामा डीएसपी (यातायात) समेत चार पुलिसकर्मी घाइते भए। घाइतेहरूमा एकको स्थिति गम्भीर छ।
प्राप्त जानकारी अनुसार, डीएसपी (ट्राफिक) समेत चार पुलिसकर्मी हिजो राति पेट्रोलिङको निम्ति निस्केका थिए। राघबपुर मोड़मा उत्पाद विभागको एउटा बोलेरो कारले नियन्त्रण गुमाएर ड्यूटीमा तैनात पुलिसकर्मीहरूलाई हिर्कायो। घटनामा डीएसपी (यातायात) समेत चार पुलिसकर्मी घाइते भए। घाइते पुलिस कर्मीहरूलाई तत्काल पुरूलिया सदर अस्पतालमा लगियो। डीएसपी ट्राफिक मिहिर देलाई प्राथमिक उपचारपछि छुट्टी दिइयो। अन्य घाइतेहरूको उपचार जारी छ।
-हिस








