डुवर्स ट्राइबल एफसी क्वार्टर फाइनलमा

२५ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार रोमाञ्चक जीतको साथ कैलाशपुरको डुवर्स ट्राइबल एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा आज भएको म्याचमा डुवर्स ट्राइबल एफसी-ले सिलगढ़ी युनाइटेड एफसीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका सुजीत दासलाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने म्याचमा आरएफए ओदलाबारी र कालीझोड़ा युवा परिवारबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement