भेनिस: इटालीको प्रसिद्ध शहर भेनिसमा ठूलो भीड नियन्त्रण गर्न २५ जनाभन्दा बढी पर्यटकको समूहलाई प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थलमा लाउडस्पीकरको प्रयोगले अराजकता निम्त्याउने भन्दै यसलाई समेत प्रतिबन्ध लगाइएको छ। शहरका अधिकारीहरूले नयाँ नियमहरू आगामी जुनदेखि लागू हुने बताएका छन्। नहरहरूको शहर भेनिसमा अत्याधिक पर्यटकको समस्या चिन्ताजनक स्तरमा पुगेको छ। यो युरोपमा सबैभन्दा धेरै भ्रमण गरिएका शहरहरू मध्ये एक हो। गत सेप्टेम्बरमा भेनिसले परीक्षणको आधारमा पर्यटक भ्रमणमा दैनिक पाँच युरो शुल्क लगाउने निर्णय गरेको थियो। इटालियन नेशनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटका अनुसार यो सहरको क्षेत्रफल ७.६ वर्ग किलोमिटर मात्रै छ तर २०१९ मा १ करोड ३० लाख पर्यटकले यहाँ भ्रमण गरेका थिए। अब फेरि प्रि-महामारीको अवस्था सिर्जना हुने सम्भावना छ।








