सुनामीको चेतावनी जारी
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरेको छ। जापानमा नयाँ वर्षमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। यो भूकम्पको धक्का मध्य जापानका क्षेत्रमा महसुस गरिएको थियो। जापानको राष्ट्रिय प्रसारक एनएसकेका अनुसार इशिकावाको तटीय क्षेत्रका मानिसहरूलाई तुरुन्तै क्षेत्र खाली गर्न भनिएको छ। यी मानिसहरूलाई उच्च स्थानहरूमा जान भनिएको छ। जापानको मौसम विभागले यी क्षेत्रमा पाँच मिटरसम्म अग्लो छाल आउनसक्ने चेतावनी दिएको छ। प्रशासनले नजिकैको निगाता र तोयामामा सुनामीको चेतावनी पनि जारी गरेको छ। यी क्षेत्रहरूमा तीन मिटर अग्लो छालहरू उठ्ने चेतावनी दिइएको छ। सन् २०११ मा पनि जापानमा शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि सुनामीको छाल उठ्यो र धेरै क्षति भयो। जसका कारण हजारौंले ज्यान गुमाएका छन्। सन् २०११ मा आएको सुनामीका कारण जापानको आणविक संयन्त्र पूर्ण रुपमा ध्वस्त भएको थियो।
७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको पहिलो छाल अहिले जापानको तटीय क्षेत्रमा पुगेको छ। केही सञ्चारमाध्यममा १.२ मिटर वा चार फिट अग्लो छाल वाजिमा बन्दरगाहमा पुगेको बताइएको छ। सरकारी प्रसारक एनएचकेले दिएको समाचारअनुसार टोयामा शहरमा करिब ०.८ मिटर अग्लो सुनामीको छाल पनि आएको बताइएको छ। यी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अन्य ठाउँमा जान आग्रह गरिएको छ। इशिकावा प्रिफेक्चरको सुजु शहरमा धेरै घर र बिजुलीको पोल खसेको स्थानीय सञ्चारमाध्यममा पनि खबर आएको छ। यसैबीच भूकम्पको केन्द्रबिन्दु इशिकावा र राजधानी टोकियोबीचको बुलेट ट्रेन सेवा तत्कालका लागि बन्द गरिएको छ। भूकम्पपछि इशिकावा क्षेत्रका ३२ हजार ५०० घरको बिजुली अवरुद्ध भएको छ। क्यूडो समाचार एजेन्सीले स्थानीय प्रशासनलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। भूकम्पका कारण इशिकावाका धेरै घरहरु भत्किएको अधिकारीहरुले बताएका छन्। केही सञ्चारमाध्यममा १.२ मिटर वा चार फिट अग्लो छाल वाजिमा बन्दरगाहमा पुगेको बताइएको छ।








