कोभिड़ भारत: कोरोनाकाे ५७३ नयाँ मामिला, २ जनाकाे मृत्यु

1000421628.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५७३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,१४,५८१ पुगेकाे छ। देशमा हालसम्म कोरोनाभाइरस उप-विविध जेएन.१(JN.1) को कुल २६३ मामिला दर्ता भएका छन्। विगत २४ घण्टामा कोरोनाले हरियाणामा १ र कर्नाटकमा १ जनागरी २ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,३६६ पुगेको छ। यसरी नै यस अवधिमा ५४८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,७६,५५० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर ४,५६५ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १७,६०५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,७९,४९५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ०० जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,७९,०८१ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *