मुख्यमन्त्रीले दिए राज्यवासीहरूलाई नयॉं वर्ष २०२४ को शुभकामना

1000508204.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूमा नयॉं वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् भने नयॉं वर्षलाई स्वागत गर्ने क्रममा खुला ह्रदय र आशावादी आत्माहरूका साथ नयाँ सुरुवातको प्रतिज्ञालाई अँगालौं भनी आह्वान गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो शुभकामना सन्देशमा भनेका छन्, सिक्किममा उल्लेखनीय क्षमता छ, र सिक्किममा प्रत्येक व्यक्तिको सुधारको निम्ति एउटा सामान्य उद्देश्य प्राप्तिका निम्ति हामीले सामूहिक रूपमा यस अवसरको लाभ उठाउने प्रयास गर्नु महत्वपूर्ण छ। उनले गत चार वर्षमा राज्यले धेरै उपलब्धीहरू हासिल गरेका छन् भन्दै यसको श्रेय नागरिकहरूको सक्रिय सहभागितालाई जान्छ भनी बताएका छन्।

मुख्यमन्त्रीले सरकारमाथि विश्वास र समर्थनको निम्ति सबैलाई धन्यवाद दिएका छन्। उनले जनताको निरन्तर समर्थन र समर्पण साथै जन सेवकहरूको लगनशील प्रयासहरूको बलमा नयॉं उचाईसम्म पुग्न सफल बन्ने छौं भनी विश्वास व्यक्त गरेका छन्। उनले नयॉं वर्ष समृद्धि, सुस्वास्थ्य र गहिरो चाहनाहरूको प्राप्ति वर्ष बनोस् भनी कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *