तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्ट

IMG-20231231-WA0200.jpg

वुमेन्स एफसी मिरिक सजिलै बिजयी

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा स्थानीय चानमारी मैदान खरसाङमा भईरहेको तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको तेस्रो दिन आज वुमेन्स एफसी मिरिक बनाम सिमलबारी स्पोर्टिङ क्लबमाझ खेल सम्पन्न भयो। आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान उपस्थित थिए। त्यसरी नै खरसाङ अस्पतालका सोसियल वेलफेयर अधिकारी बिजय सिञ्चुरी अनि प्रतीक्षा प्रधान पनि उपस्थित थिए। आजको खेलमा वुमन्स एफसी मिरिकले सिमलबारी स्पोर्टिङ एफसीलाई ७-० को ठूलो पराजित गरेको छ। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा सिमलबारी एससीका सम्झना दर्जीलाई प्लेयर अफ द म्याच चयन गरियो। उनलाई अतिथि प्रतीक्षा प्रधानद्वारा पुरस्कार प्रदान गरियो। त्यसरी नै खेलमा अंश ग्रहणको निम्ति स्मृतिस्वरुप स्मृति चिन्ह सिमलबारी एससीलाई प्रमुख अतिथि सुवास प्रधानको बाहुलीबाट प्रदान गरियो।

आज खेलमा मुख्य निर्णायकको रूपमा सुरेन गुरुङ, सहायक निर्णायकमा प्रमोद प्रधान, प्रतिक गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा अनि जयेस प्रधान रहेका थिए। अब आगामी २ जनवरीको दिन जेआर ३२ एफए अनि डुवर्स एफसी एसोसिएसनमाझ खेल खेलिने छ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *