इमरान खानको उम्मेदवारी अस्वीकृत

Imran-Khan

पाकिस्तानी पूर्व प्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता तथा पूर्व क्रिकेटर इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ। सन् २०२४ को ८ फरवरीमा हुने चुनावका लागि २ ठाउँबाट उम्मेदवारी दर्ता गराका थिए। तर त्यहाँको निर्वाचन आयोगले खानसहित उनका केही वरिष्ठ सहकर्मीहरुको उम्मेदवारी अस्वीकृत गरेको हो। योसँगै पीटीआईलाई भने राजनीतिकरुपमा ठूलै झड्का लागेको छ। इलेक्सन कमिसन अफ पाकिस्तान (ईसीपी)का निर्वाचन अधिकारीहरूले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का संस्थापक इमरान खानको दुई राष्ट्रिय सभा सीटहरू, लाहोर (एनए १२२) र मियाँवाली (एनए-८९)को लागि उम्मेदवारी पत्र अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तोशाखाना मुद्दामा इमरान खानलाई दोषी ठहराउनुको मुख्य कारणबाहेक उनको उम्मेदवारी दर्तामा पनि आपत्ति जनाइएको छ। इमरानका प्रस्तावक र समर्थकहरू सम्बन्धित क्षेत्रका थिएनन्। तर, इमरान खानको सजाय इस्लामावाद उच्च अदालतले निलम्बन गरेको थियो। यसैगरी अयोग्यताको प्रश्न अझै बाँकी छ। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का मियाँ नसीरले उठाएका विषयहरूमध्ये इमरानलाई तोशाखाना मुद्दामा पाँच वर्षको लागि अयोग्य ठहराइएको थियो। इमरान खान र उनका पार्टीका वरिष्ठ सहयोगी तथा पूर्व विदेश मन्त्री शाह महमूद कुरैशी ९ मईको दङ्गादेखि कैयौं मुद्दामा पक्राउमा छन् र दुवै रावलपिंडीको अदियाला जेलमा छन्। पाकिस्तानको एक अदालतले ९ मईमा सैन्य प्रतिष्ठानमा भएको आक्रमणसँग सम्बन्धित नयाँ मुद्दामा कुरेशीलाई २८ दिसम्बरमा १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। कुरेशीको दुई मुलतान सिट र थारपार्कर सीटबाट गरिएको उम्मेदवारी दर्ता पनि अस्वीकार गरेको छ। पूर्व संघीय मन्त्री र पीटीआई नेता हम्माद अजहरको उम्मेदवारी पत्र पनि अस्वीकृत भएको थियो। अस्वीकृत हुने अन्य नेताहरूमा मुराद सईद, साहिबजादा सिगेबुल्लाह, डा. अमजद खान, फजल हकिम खान, मियाँ शराफत र सलीम उर रहमान समावेश छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *