रुसको शहरमा युक्रेनको घातक हवाई हमला: २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

Russia-Ukraine-war

काठमाडौँ: मस्कोले युक्रेनलाई दक्षिण-पश्चिम रुसको एक शहरमा घातक हवाई हमला गरेको आरोप लगाएको छ। सीमावर्ती बेलगोरोडमा भएको सांघातिक आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। त्यहाँका एक क्षेत्रीय गभर्नरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा घातक आक्रमण हो। आक्रमणमा परी मारिनेमा तीन बालबालिकासमेत छन्। यता युक्रेनी सुरक्षा स्रोतले शनिबारको कारबाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको बीबीसी जनाएको छ। शुक्रबार युक्रेनमा रुसले गरेको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो।

जसलाई कीभले रुसको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल बमबारीका रूपमा व्याख्या गरेको थियो। रुसमा युक्रेनले गरेको आक्रमणलाई मस्कोले भने युक्रेनी ओल्खा र चेक-निर्मित रकेटहरूसहित धेरै प्रकारका हतियारहरूसहित आक्रमण गरेको आरोप लगाएको छ। युक्रेनी सुरक्षा स्रोतका आधारमा बीबीसीले भनेको छ, ‘रुसले युक्रेनी शहरहरू र नागरिकहरूमा गरेको आतंकवादी हमलाको प्रतिक्रियाको रूपमा युक्रेनले शनिबार जवाफी आक्रमण गरेको हो।’ युक्रेनले बेल्गोरोडको अवस्थालाई भने ‘रूसी वायु रक्षाको अयोग्य काम’ भनेको छ। रुसको अनुरोधमा शनिबार न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बसेको थियो। बैठकमा रुसले चेक प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेको थियो। बैठकको क्रममा, संयुक्त राष्ट्रका लागि रसियाका राजदूत भासिली नेबेन्ज्याले युक्रेनलाई ‘नागरिक लक्ष्यविरुद्ध जानाजानी, अन्धाधुन्ध आक्रमण’ गरेको आरोप लगाए। उनको टिप्पणीलाई युक्रेनका सहयोगीहरूले तुरुन्तै खण्डन गरे, फ्रान्सेली राजदूतले भने, ‘युक्रेनले संयुक्त राष्ट्रको कानून अन्तर्गत आफ्नो रक्षा गरिरहेको छ, जबकि अमेरिका र इंग्ल्याण्डका अन्यले भने, राष्ट्रपति भ्लादिमिर पुटिन द्वन्द्व शुरु गरेर रूसी मृत्युको लागि जिम्मेवार थिएl’ संयुक्त राष्ट्रका सहायक महासचिव मोहम्मद खियारीले दुवै पक्षबाट भएको आक्रमणको ‘स्पष्ट रूपमा निन्दा’ गरे। रुसका रक्षा मन्त्रालयका अनुसार यसअघि पनि बेल्गोरोडमा १३ वटा क्षेप्यास्त नष्ट गरिएको थियो भने ३२ वटा ड्रोन खसालिएको थियो। शुक्रबार युक्रेनमा रुसले गरेको बमबारीमा भने ३९ जनाको ज्यान गएको थियो भने १६० भन्दा बढी हताहतमा परेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। जसमा राजधानी कीभ सहित कैयौँ शहरहरु प्रभावित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement