नेपाल: बालकुमारी घटनाको विरोधमा युवा संघको प्रदर्शन

20231231182151

काठमाडौं: बालकुमारी घटनाका दोषीमाथि कारबाहीको माग राख्दै एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आइतबार प्रदर्शन गरेको छ। ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको थियो। कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। उक्त घटनालाई लिएर युवा संघले बालकुमारी चोकमा प्रदर्शन गरेको हो। प्रदर्शनका सहभागी मंगल थापाले युवाहरुलाई दमन गर्ने, मार्ने सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखे। उनले शुक्रबार भएको घटना राष्ट्र र युवाको लागि स्वीकार्य नभएको भन्दै यस्ता कार्यको विरुद्धमा राष्ट्रिय युवा संघ निरन्तर लागिरहेको बताए। उनले भने, ‘नेपालका युवाहरुलाई दमन गर्ने, मार्ने यो सरकार र गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। अब सरकारमा बस्ने कुनै पनि नैतिक अधिकार छैन। युवा मार्न बन्द गर्नुपर्छ, राज्यको दमन हामीलाई स्वीकार्य छैन।’ प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement