एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

IMG-20231231-WA0172.jpg

कोचबिहार: वर्षको अन्तिम दिन आइतबार बिहान भयानक सडक दुर्घटनामा एक साइकल यात्रीको मृत्यु भएको छ। मृतक साइकल चालकको नाम खुल्न नसकेको तर पुलिसले पत्ता लगाउने प्रयास गरिरहेको छ। घटना तुफानगञ्ज शहरको एनएनएम हाईस्कुल अगाडि स्टेट रोडमा भएको बताइएको छ। आइतबार तुफानगञ्ज बजारबाट करिब ६५ वर्षका एक पुरुष तरकारी किनेर साइकलमा फर्किरहेका थिए। राज्य राजमार्ग अन्तर्गत तुफानगञ्ज अस्पतालमा बिरामी बोकेको एम्बुलेन्स एनएनएम हाईस्कुल अगाडि ठोक्किएको हो। रगत बगेको अवस्थामा वृद्धलाई अस्पताल ल्याउँदा ड्युटीमा रहेका डाक्टरले मृत घोषणा गरेपनि नाम भने खुल्न सकेको छैन। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेको थियो। दुर्घटनाले केही समय ट्राफिक जाम भएपनि पुलिसले तत्कालै स्थिति नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार एम्बुलेन्स चालकले थानामा आत्मसमर्पण गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *