तीनधारेको बेदान्त तामाङले आईएससीमा ल्याए ९४.५ प्रतिशत

खरसाङ: तीनधारेको बेदान्त तामाङले यसपालीको आईएससी परीक्षामा ९४.५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका छन्। तीनधारेको रामगढ निवासी पिता विकास तामाङ र माता सरिता गिरी तामाङको सुपुत्र बेदान्त तामाङले यसपालीको आईएससी परीक्षामा यसरी उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएर आफ्नो अभिभावक साथै तीनधारेको गौरव बढ़ाएका छन्। बेदान्त तामाङले आईएससीमा अंग्रेजीमा ९५, गणितमा ९२, भौतिक विज्ञानमा ९२, रसायनिक विज्ञानंमा ८१, जीव विज्ञानमा ८९ र वातावरण विज्ञानमा ९९ अंक प्राप्त गरेका छन्। बेदान्त तामाङले आफ्नो आईएससी परीक्षा सिलगढीको डन बस्को स्कूलबाट दिएका थिए। उनले आईसीएसई खरसाङको गोथल्स स्कूलबाट दिएका थिए। हुने बिरुवाको चिल्लो पात भने झैं बेदान्त तामाङले आफ्नो परिवार र गाउँ समाजको नाम राख्दै यसपालीको आईएससी परीक्षामा ९५.५ प्रतिशत अंक ल्याई उत्तीर्ण भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement