केन्द्र सरकारले लगायो ‘तहरीक-ए-हुर्यित’ माथि प्रतिबन्ध

Amit-Shah_1704009775940_1704009776148.jpg

नयाँ दिल्ली: केन्द्र सरकारले तहरीक-ए-हुर्यितमाथि प्रतिबन्ध लगाएको छ। अवैधानिक गतिविधि निरोधक (यूएपीए) अन्तर्गत यो कारबाही गरिएको छ। सरकारले भनेको छ, विच्छिन्नतावाद र आतङ्कवाद समर्थक यो सङ्गठन भारत विरोधी प्रचारमा संलिप्त छ।

गृहमन्त्री अमित शाहले सोशल मीडियामा यसबारे जानकारी गराउँदै लेखेका छन्- ‘तहरीक-ए-हुर्यित, जम्मू-कश्मीर (टीईएच)-लाई यूएपीए अन्तर्गत एक गैरकानूनी गठबन्धन घोषित गरिएको छ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको आतङ्कवादविरूद्ध जीरो-टलरेन्स नीति अन्तर्गत भारत विरोधी गतिविधिहरूमा सामेल पाइने कुनै पनि व्यक्ति वा सङ्गठनलाई तत्काल रोकिनेछ। उनले भने, यो सङ्गठन जम्मू-कश्मीरलाई भारतदेखि अलग्ग पार्ने तथा इस्लामिक शासन स्थापना गर्ने निषिद्ध गतिविधिहरूमा संलिप्त छ।

उल्लेखनीय छ कि तहरीक-ए-हुर्रियत जम्मू-कश्मीरको एक विच्छिन्नतावादी राजनीतिक दल हो। यसको स्थापना ७ अगस्त, २००४मा सैयद अली शाह गिलानीले आफ्नो पुरानो पार्टी जमात-ए-इस्लामी कश्मीर छोड़ेपछि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement