अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा रसियन नागरिक पक्राउ

IMG-20231231-WA0169.jpg

खोरीबारी: अवैध रूपमा भारतमा प्रवेश गर्ने क्रममा एकजना रसियन नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पका परेका रसियन व्यक्तिको नाम पावेल एलेक्जेन्ड्रोभ (३८) बताइएको छ। खोरीबारीको पानीट्याङ्की संलग्न बाजारू छाट संलग्न भारत नेपाल सिमामा तैनाथ एसएसबीका जवानहरूले उक्त रसियन व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार रसियन व्यक्ति पावेल हिजो नेपालबाट मेची नदी हुँदै भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो। त्यस समय सीमामा तैनाथ एसएसबी ४१ बटालियनका जवानहरूलाई सन्देह लागेर उक्त व्यक्तिलाई रोकेर सोधखोज गर्दा तिनले रसियन नागरिक रहेको साथै भारतको ईस्कन मन्दिर जानको लागि आएको भनी बताए। उक्त व्यक्तिबाट रसियाको नागरिकताको परिचय पत्र उद्धार गरेको छ। रसियन नागरिकले कुनै भिसा बिनै भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो। एसएसबीका जवानहरूले तिनलाई पक्राउ गरेपछि खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement