गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले रामललाको प्राण-प्रतिष्ठा समारोहको निमन्त्रण हाम्रो निम्ति प्रसाद समान हो भनेका छन्। उनले आज मीडियासित कुराकानी गरिरहेका थिए।
उनले भऩे, केही विपक्षी नेताहरूले यस पावन निमन्त्रणलाई अस्वीकार गरेका छन्, यो धेरै नै दुःखको कुरा हो। मुख्यमन्त्रीले सोधे, उनीहरूलाई प्रभु श्री रामसित यति घृणा किन?
एक अन्य प्रश्नको जवाफमा उनले भने, हामीले उल्फासित चुनाउ वा राजनीतिक लाभको निम्ति समझौता गरेका होइनौं। यो समझौता केवल देश र जनताको शान्तिको निम्ति हो। असममा उल्फाको हिंसात्मक आन्दोलनको कारण १० हजारभन्दा धेरै मानिसहरू मारिए। हिजो भएको समझौताले हाम्रो राज्यमा एक भयंकर कालखण्ड समाप्त भएको छ र प्रगतिको नवयुगको शुरूआत भएको छ।
२०१४ मा नरेन्द्र मोदीको प्रधानमन्त्री बनेदेखि असममा आठ हजार दुई सयभन्दा धेरै उग्रवादी संगठनहरूका सदस्यहरूले आत्मसमर्पण गरेका छन्, जसबाट असममा स्थायी शान्ति स्थापित भयो र विकासको मार्ग प्रशस्त भयो।