नेपालकी यूट्यूबरको पक्राउलाई लिएर एसपीवाइएफ-को विरोध

IMG-20231231-WA0002.jpg

गान्तोक: राज्यको साम्प्रदायिक सद्भावना भङ्ग गरेको आरोपमा सिक्किम पुलिसले नेपालकी एक महिला यूट्यूबरलाई पक्राउ गरेको घट्नाको सामाजिक सङ्गठन सिक्किम प्रोग्रेसिभ यूथ फोरम (एसपीवाइएफ) ले विरोध र भत्सर्ना जनाएको छ। उल्लेखनीय छ, नेपालकी एक यूट्यूबर भनेर चिनिने उमा चामलिङ राईलाई आज सदर पुलिसले पक्राउ गरेर पाँच दिनको पुलिस रिमाण्डमा लिएको छ। उनी पछिल्ला केही दिनदेखि सिक्किममा रहेर भ्लग बनाउँदै आएकी थिइन्। उनले सिक्किममा विशेष गरेर राई जातिको पर्व साकेवमा माथि भीडियो बनाउने गरेकी थिइन्।

नेपाल नागरिकमाथि झुटो आरोप लगाएर मुद्दा हालिएको एसपीवाइएफ-को भनाइ रहेका छ। राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिवले आरोपी महिलालाई पहिले नै आतङ्कवादीको संज्ञा दिएको कुरा उल्लेख गर्दै यदि ती महिला राज्य र देशको निम्ति त्यति नै खतरा थियो भने सरकार र पुलिस प्रशासनले उनलाई सिक्किम छिर्ने अनुमति किन दियो भन्दै संस्थाले प्रश्न तेर्साएको छ। ती महिलाले केही दिन अघि नाम्चीमा पालन गरिएको साकेवा पर्वको भ्लग बनाउँदा चाहीँ किन राज्य र राष्ट्रको निम्ति खतरा भएन भन्ने एसपीवाइएफ-को थप प्रश्न रहेको छ।

एकजना विदेशी नागरिकसित गरिएको यस्तो वर्तावले गलत संदेश जानेछ भन्दै सिक्किम प्रोग्रेसिभ यूथ फोरमले यूट्यूबरसित ऐक्यवद्धता जताएको छ।

About Author

Advertisement