चिन्थाङमा फुटबल प्रतियोगिताको समापन

IMG-20231231-WA0000.jpg

गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रको बर्फोक चन्दाबोङ्ग ग्राम पञ्चायत अन्तर्गत चिन्थाङ्ग निम्न माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भइरहेको शीतकालीन फुटसल फुटबल प्रतियोगिता-२०२३ आज विभिन्न कार्यक्रमका साथ समापन भयो। यस समापन समारोहमा सिक्किम सरकारका कृषि,बागबानी,पशुपालन तथा श्रम विभागका मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने उनकाे साथमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पश्चिम जिल्ला अध्यक्ष एबी सुब्बा,जिल्ला तथा ग्राम पञ्चायत गण, समष्टि स्तरीय सभापति सनवीर सुब्बा, जिल्ला चेली संयोजुका लुइस मोक्तान समष्टि स्तरीय पार्टी कार्यकर्ता लगायत खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो। गत १५ दिसम्बरदेखि सम्पन्न भइरहेको यो शीतकालीन फुटबल प्रतियोगिता विशेषगरी पुरूष र महिला वर्गमा सम्पन्न भएको थियो। आजको यस समापन समारोहलाई सम्बाेधन गर्दै मुख्य अतिथि मन्त्री लोकनाथ शर्माले आयोजक समितिलाई धन्यवाद दिँदै यसबाट युवाहरूलाई सकारात्मक उर्जा मिलेको छ। कुनै पनि क्षेत्रमा कठिन परिश्रम गर्नुपर्ने अवस्था रहेको जानकारी गराए। वर्तमान सरकारले विभिन्न क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्ने सयाग गरि रहेको छ भने खेल क्षेत्र सँगै विभिन्न क्षेत्रमा वर्तमान सरकारले नमुनाको काम गरिरहेको बताए। उनले सरकारले शिक्षा,स्वास्थ्य,खेल,कृषि लगायत अन्य विभिन्न क्षेत्रमा समय अवधिमा गरेको उल्लेखनीय विकास माथि पनि प्रकाश पारेका थिए। उनले यस चिन्थाङ स्कुलले राखेको मागहरू वारे बोल्दै आगामी सत्र अघि पुरा गर्ने पनि वचन दिए। समष्टिको विकासमा सबैको एकता हुनु जरुरी छ भन्दै युवाहरू समाजको बोझ होइन सकारात्मक सोचको प्रतिक हुनु पर्छ भन्दै खेलकुदले केवल मनोरञ्जन मात्र होइन युवा समाजलाई कुशल नेतृत्व पनि गर्ने बताए। अन्तमा सबैलाई नयाँ सालको शुभकामना दिदै २०२४ ले नयाँ साेच नयाँ उर्जा सबैलाई प्रदान गराेस भन्दै मन्त्री शर्माले सरकारले गरेको विकास र आगामी दिनमा वितरण गरिने सहुलियतहरू वारे पनि जानकारी गराएका थिए। गत १५ दिसम्बर देखि सम्पन्न भइरहेको महिला तथा पुरूष दुबै खेलकाे फाइनल खेल महिला वर्गमा डाँडागाउँ फुटबल क्लब बनाम कलुक बिच सम्पन्न भएको खेलमा डाँडागाउँले एक गाेल गरि बिजय हासिल गरेको थियो भने यसरी नै पुरूष वर्गमा बर्फाेक मिनी बोइस बनाम कर्थाेक मिनी बोइस बिच सम्पन्न भएको भिडन्तमा निधारित समय सम्म एक एक गोल गर्ने सफल भएको थियो भने अन्तमा ट्राइबेकरमा बर्फोकले बिजय हासिल गरेको छ। आयोजक समितिको तर्फबाट बिजय दललाई ट्रफी सहित ८० हजार र उपविजेता दललाई ५० हजारसँगै ट्रफी प्रदान गरिएको थियो। आजको कार्यक्रममा आयोजक समितिद्वारा मुख्य अतिथिलाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने विभिन्न विधालय लगायत संघ संस्थाद्वारा रंगारंग संस्कृतिक प्रस्तुति पनि दिएका थिए।

About Author

Advertisement