गान्तोक: राज्यको शान्ति श्रृङखला, एकता , सदभावना विथोल्ने प्रयासले विभिन्न प्रकारले प्रचार प्रसार गरेको आरोपमा नेपाली निवासी यूट्युबर उमा चामलिङलाई पुलिसले पक्राउ गरेको छ। मुख्यरूपमा चामलिङ नेपालको खोटाङ निवासी हुन् भने उनी गत केही दिन अघिदेखि सिक्किममा बस्दै आइरहेकी छन्। विशेष गरेर गत केही दिन अघि सम्पन्न भएको राई समुदायको महान पर्व साकेवालाई लिएर उनले आपत्तिजनक टिप्पनी गर्नको साथै राज्यको शान्ति श्रृङखला भङ्ग गर्ने जस्तो प्रकारको मन्तव्य प्रकट गरेकी थिइन्। यसरी सिक्किम राज्यमा अहिलेसम्म नङ र मासु सरह मिलेर बसेका राज्यका मानिसहरू विरूद्ध उनले जातिय एकता फुटाउने प्रयास गरेको आरोप छ।










