राज्यपाल र मुख्यमन्त्रीले दिए तमु लोहछार पर्वको शुभकामना

photocollage_202312310119215.jpg

गान्तोक: गुरूङ समुदायको महान पर्व तमु ल्होछारको शुभ अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। राज्यपालले आफ्नो शुभकामना सन्देशमा विशेष गरेर यो पर्व गुरूङ समुदायको निम्ति अति नै महत्वपूर्ण मानिन्छ, किने भने यो नयाँ वर्षको आगमनको प्रतिक रहेको बताएका छन्।

यसरी नै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गुरूङ समुदायको महान पर्व तमु ल्होछारको अवसरमा राज्यबासी र विशेष गरेर गुरूङ समुदायलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा राज्यका प्रकृतिप्रेमी जनताका लागि नयाँ आशा र आकांक्षाको प्रतीकका रूपमा नयाँ वर्षको आगमनको भएको उल्लेख गर्दै राज्यमा बसोबासो गर्ने बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविधतामा यस्ता अनुपम चाडपर्वको ठूलो महत्त्व रहेको उल्लेख गरेका छन्। उनले यस पर्वले राज्यका सबै वर्गबीच भाइचारा, प्रेम र सद्भावको बन्धनलाई थप मजबुत बनाउने विश्वास पनि व्यक्त गरे।

मुख्यमन्त्रीले तमु ल्होछारको शुभ अवसरमा गुरुङ समुदायका साथै सिक्किमका सबै जनताको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि प्रार्थना गरेका छन्।

About Author

Advertisement