बलिवुडकी गायिका सुमेदा कर्माही गीतको छायाङ्कन गर्न मिरिकमा

IMG-20231230-WA0192.jpg

मिरिक: नमाे नमाे, नज्म नज्म, टुटा जाे कविता, पंक्षी जस्ता सुपरहिट गीतका गायिका एंव बलिवुडका प्लेब्याग सिङ्गर सुमेदा कर्माही कबर गीतहरूकाे छायाङ्कन गर्न मिरिक आएका छन्। उनले मिरिककाे विभिन्न स्थानहरू – नाै माइल, सुके सिमानामा छायाङ्कन गरेर फर्किएकाे छाँयाकार अन्जुप लामा (घरमै प्राेडक्सन) ले जानकारी गराएका छन्। गायिक सुवेदा कर्माहीले मिरिककाे एक रिसाेर्टमा बसेर यहाँकाे विभिन्न स्थानहरूमा छायाङ्कन गर्नको साथै रील्सहरू पनि बनाएकाे जानकारी प्राप्त भएकाे छ। केदरनाथ, थ्री स्टाेरी, बरेली कि बर्फी, तेरे संग, ताहान
फ्लाइङ जाट जस्ता चलचित्रहरूमा स्वर दिइसकेकी गायिका सुमेदा कर्माहीकाे कबर गीतहरूकाे छायाङ्कन मिरिक थर्बु नाै माइल निवासी अन्जुप लामा ( घरमै प्राेड्कसन) ले गरेका छन्। जाे मिरिककाे लागि अति नै खुशी र गर्वकाे कुराे रहेकाे छ। टी सिरिजकाे ब्यानरमा पनि काम गरिसकेका अन्जुप लामाले धेरै म्युजिक भिडियाे, सानाे पर्दाकाे चलचित्रहरूकाे सफल छायाङ्कन गरिसकेका छन् भने उनी एक वाइल्ड लाइभ फाेटाे ग्राफर पनि हुन्। उनले वाइल्ड लाइफ फाेटाेग्राफीमार्फत् मिरिकमा पाइने चरा चुरूङ्गीहरूलाई विश्वस्तरमा परिचय गराउने काम पनि गरिरहेका छन्। अन्जुप लामाले सुपहिट गायिका सुमेदा कर्माहीकाे कबर गीतहरूकाे छायाङ्कन गर्दा धेरै राम्राे अनुभव प्राप्त भएकाे बताएका छन्।

About Author

Advertisement