गुवाहाटीमा सम्पन्न उत्तरपूर्वीय भारतीय भाषाहरूमा प्रेम कविताको विकास परम्परा’ नामक संगोष्ठी सञ्जीव छेत्रीद्वारा वार्ता प्रस्तुत

IMG-20231230-WA0187.jpg

खरसाङ: साहित्य अकादेमी, नयाँ दिल्लीको प्रायोजना अनि पाण्डु महाविद्यालय, गुवाहाटीको सह आयोजनामा गुवाहाटीको पाण्डु महाविद्यालयमा ‘उत्तरपूर्वीय भारतीय भाषाहरूमा प्रेम कविताको विकास परम्परा’ विषयमा एक संगोष्ठी सम्पन्न भयो। सङ्गोष्ठीमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै खरसाङ क्षेत्रका सञ्जीव छेत्रीले आफ्नो वार्ता प्रस्तुत गरे।उडियाका वरिष्ठ साहित्यकार तपन कुमार पान्डाको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा छेत्रीले आफ्नो विषय ‘भारतीय नेपाली साहित्यमा प्रेम कविताको परम्परा’ प्रस्तुत गरेका थिए। ज्ञात रहोस्, उक्त सङ्गोष्ठीमा पूर्वोत्तरका आठवटा भाषाहरू नेपाली, असमिया, सन्थाली, बंगाली, मणिपुरी, उडिया, बोडो तथा मैथिली भाषाका साहित्यमा प्रेम कविताको परम्पराबारे चर्चा गरिएको थियो। सत्रको अन्त्यमा कविता वाचन पनि गरिएको थियो।

कार्यक्रममा साहित्य अकादेमीका मूल सचिव के. श्रीनिवासन, असमिया भाषा परामर्श समितिको संयोजक दिगन्त विस्व सरमा, वरिष्ठ असमिया कवि अनिस उज जमान, बोडो भाषा परामर्श समिति संयोजक तरेन बोडो, पाण्डु महाविद्यालयको प्राचार्य सञ्चय ज्योति बोरा लगायत विभिन्न भाषाभाषी साहित्यकार, शोधार्थी, विद्यार्थी आदिको उपस्थिति रहेको थियो।कार्यक्रममा भाग लिने अवसर प्रदान गरेकोमा साहित्य अकादेमी, नयाँ दिल्ली अनि साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिप्रति सञ्जीव छेत्रीले धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement