मिरिक: शहीदको कुनै राजनीतिक दल र झण्डा हुँदैन तर शहीद बनाउने हत्यारा राजनीतिक दल हुन्छन्, झण्डा हुन्छन्। जस्तै १९८६ र २००९ मा राजनीतिक दल सीपी (आई) एम,२०१७ – मा हत्यारा राजनीतिक दल तृणमूल कंग्रेस रहेको गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा महासचिव पूर्णसिहं राईले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर आरोप पनि लगाएका छन्। तिनले थप भने हत्यारा राजनीतिक दल वा झण्डा बोकेर वीर शहीदहरूलाई श्रद्धाञ्जलि दिएर खिल्ली उडाउने अधिकार छैन। यसको साथै हत्यारा तृणमूल काङ्ग्रेसलाई साथ दिने गोर्खा प्रजातान्त्रिक मोर्चालाई पनि शहीदहरुलाई श्रद्धाञ्जलि दिने नैतिक अधिकार छैन। तिनीहरू शहीद जाति र माटोको निम्ति भएको थियो भनी बताइएको छ।शहीद छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति थियो। शहीद निकासको निम्ति थियो।शहीद बंगालदेखि छुट्टिनुलाई थियो। त्यसैले शहीद दिवस मनाउने शहीदहरुलाई श्रद्धाञ्जलि दिने नैतिक अधिकार तृणमूल काङ्ग्रेस र भागोप्रमो-लाई छैन। शहीद बंगालभित्रको व्यवस्था स्वीकार्नको निम्ति भएको होइन। त्यसैले शहीदहरुलाई साँचो श्रद्धाञ्जलि भनेको नै बंगालदेखि निकास हो। छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण हो। विज्ञप्तिमा अझ भनेका छन्, यदि कसैले पनि शहीदलाई साँचो श्रद्धाञ्जलि दिन्छन् भने उक्त दिन एक यात्रा एक लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण’-को निम्ति शंखघोष गरेका हुनपर्छ तब आडम्बरी र ढोङ्गी होइन, साँचो रहेछ भनेर मान्छौं। हामीले त जीवन समर्पण गरिसकेका छौं। योद्धा हौं, युद्ध मैदान हाम्रो पहिचान हो मृत्यु। मृत्यु नै सत्य हो भनेका छन्।